बेंगलोरले दिल्लीलाई ७ विकेटले हरायाे, आईपीएल प्लेअफ समीकरण पूरा

डिसी नेपाल
२३ असोज २०७८ ८:०९
808
Shares

काठमाडौं। रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ। जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । बेंगलोरको जितमा विकेटकिपर श्रीकर भरतले ५२ बलमा ७८ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ५१ रनमा अविजित रहे।

दिल्लीका एनरिच नोर्कियाले २ र अक्षर पटेलले १ विकेट लिए। त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले सर्वाधिक ४८ रनको योगदान दिए । शिखर धवन ४३ रनमा आउट भए ।

बेंगलोरका मोहम्मद शिराजले सर्वाधिक २ विकेट लिए। ड्यानियल क्रिष्टियन, युजभेन्द्र चहल र हर्षल पटेलले १–१ विकेट लिए। बेंगलोरको १४ खेलमा समान १८ अंक भए पनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको हो।

बेंगलोरले सोमबार एलिमिनेटर खेलमा कोलकता नाइट राइडर्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच आइतबार प्रतिस्पर्धा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *