माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालन

डिसी नेपाल
२३ असोज २०७८ १७:२१

काठमाडौँ । माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा अस्पतालको सेवा सुरु गरिएको हो ।

आयोजनाले भवन हस्तान्तरण गरेसँगै अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । आयोजना निर्देशक डा उमेश दाहालले शुक्रबार भवन प्रमुख ढकाललाई हस्तान्तरण गरेका थिए । सोही सेवा केन्द्रलाई अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो । नेपालमा नै पहिलोपटक स्थानिय तहद्वारा सञ्चालित भेटेरिनरी अस्पताल ‘माडी भेटेरिनरी अस्पताल’ रहेको ढकालको भनाइ छ । आयोजनाले रु ९० लाखको लागतमा निर्माण गरेको सो केन्द्र माडी भेटेरिनरी अस्पतालबाट व्यवस्थित प्रयोगशाला, थुनेलो परीक्षण, गोबर जाँच तथा लार्भा परीक्षण सेवा, माछा पोखरीको पानी परीक्षण गरिने छ ।

साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिने उनले जानकारी दिए। अस्पतालमा एक जना पशु विज्ञ चिकित्सकसहित विभिन्न रोगका विशेषज्ञ व्यक्तिले सेवा दिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *