घटस्थापनापछि काठमाडौं छाड्ने ह्वात्तै बढे, तीन दिनमै दुई लाख गाउँ फर्किए
काठमाडौं। दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन् । घटस्थापनासँगै उपत्यका छाडेर जिल्ला/ गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।
उपत्यकाको नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट शनिबार मात्र ६० हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए। घटस्थापना अर्थात् २१ असोजमा ४५ हजारले उपत्यका छाडेकामा त्यसको भोलिपल्ट २२ असोजमा यो संख्या बढेर ५१ हजार नाघेकाे थियो ।
आइतबार पनि बिहानैदेखि उपत्यकाबाट बाहिरिने सवारीसाधनको लाम लागेको छ । तर, नागढुंगा र जगाती नाकामा लामो जाम छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार १ असोज यता सात लाख यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।
‘घटस्थापनासम्म उपत्यका छाड्नेको संख्या खासै थिएन, त्यसपछि बढेको हो,’ महासंघका महासचिव सरोज सिटौलाले भने,‘ फूलपाती र अष्टमीमा यात्रुको चाप अझ बढ्छ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment