कोरोनाबट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण

डिसी नेपाल
२४ असोज २०७८ १७:०५

काठमाडाैं। कोरोना भाइरसबाट प्रभावित परिवारलाई वीरेन्द्रनगर नगरपालिकामा खाद्यान्न सामग्री वितरण गरिएको छ ।

आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो । दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ ।

दलित महिला सङ्घका सचिव खगीसरा वलीले यसअघि भेरीगङ्गा नगरपालिकामा पनि अतिप्रभावित एवं अतिविपन्न परिवार गरी १०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए । अतिविपन्न दलित समुदाय र कोरोनाबाट रोजगारी गुमेका परिवारलाई दसैँमा अतिआवश्यक खाद्य सामग्रीको कमी नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको उनको भनाइ छ ।

राहत वितरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विपन्न, गरिब दलित महिला, ज्येष्ठ नागरिक, एकल महिला तथा कोभिडबाट प्रभावित परेका व्यक्तिलाई सहयोगको खाँचो रहेको र दलित महिला सङ्घ सहयोगी बनेकामा प्रसंशा व्यक्त गरे । उ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *