थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १२ हजार ४०४ जनाको परीक्षण गर्दा ५९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८७१ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार २३७ पीसीआर परीक्षण गर्दा ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार १६७ परीक्षण गर्दा १३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १० जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार आइबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment