साफ च्याम्पियनसिपः भारतसँग पहिलो हाफमा गोलरहित बराबरी

डिसी नेपाल
२४ असोज २०७८ २२:३२

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा नेपाली टोलीले भारतसँग पहिलो हाफमा गोलरहित बराबरीमा रहेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा खेल भईरहेको छ । खेलकाका लागी नेपाली मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिष डांगीलाई अग्रपंक्तिमा स्थान दिएका छन् ।

भारतविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले समाल्ने छन् । यस्तै डिफेन्समा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल रहेका छन् ।

यस्तै मिड लाइनमा तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, रहनेछन् । यता एक्ला स्ट्राइकर मनिष डांगीलाई सुजल श्रेष्ठ र सुमन लामाले सहयोग गर्नेछन् ।

यसअघि उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भूमिका दिएका हुन् ।

भारतविरुद्ध नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिनेछ ।

यसअघि आजनै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्सले ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *