आज पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौं। आज सोमबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसम प्रणाली छैन। तर, पनि दिउँसो पहाडी भूभाममा बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
मंगलबार गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ। मंगलबार राति सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment