सूर्योदय नछुटाउने अभिनेता

डिसी नेपाल
२५ असोज २०७८ ७:५९

काठमाडौं। बलिउड अभिनेता अक्षयकुमार फिटनेसका लागि पनि उत्तिकै चर्चित छन्। किनकि उनको दिनचया अनुशासित छ। उनले याे दिनचर्या र जिन्दगीमा इन्जोय गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा याे जिन्दगी राेजेकाे हाेइन, यसलाई म इन्जोय गर्छु,’ अक्षयले भनेका छन्।

उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए। आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए। ‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि-टाउनमा हुने गर्छ। उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन्।

उनले प्राय: छायाँकन ८/९ घण्टामै सक्ने गरेका छन्। ‘अक्षयले बिहानै छायाँकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,’ उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले भने।

उनले हाउसफूल सिरिजसँगै ‘हे बेबी’मा अक्षयसँग काम गरेका छन्। अक्षयले पछिल्लो समय लकडाउनमा छायाँकन गरेको फिल्म ‘बेल बटम’ का लागि मात्र यो नियम ब्रेक गरेका थिए । उनले प्याकेटको खानेकुरा नखाने गरेको बताउने गरेका छन्। ‘म प्याकेटको खानेकुरा खादिन भने अल्कोहल पनि लिने गरेको छैन र आफ्नो अनुसासन कायम गर्ने गरेको छु,’ अक्षयले एक इभेन्टमा भनेका छन् । ५४ वर्षमा पनि फिट रहनुको कारणबारे उनले इभेन्टमा बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *