मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

डिसी नेपाल
२७ असोज २०७८ १४:५१

लमजुङ । बेसीशहर नगरपालिका-६ मा भएको टोल स्तरीय फुटबल प्रतियोगितामा पुमागाउँ टोल विजेता बनेको छ। विजय दशमीको अवसरमा चण्डेश्वरी युवा क्लवले मालेबगरमा मैत्रीपूर्ण टोलस्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको हो।

बेलौतिबिसौना टोल र पुमागाउँ टोलबीच भएको फाइनल खेलमा चार गोल गर्दै पुमागाउँ टोल विजेता बनेको हो। उपविजेता बेलौतिबिसौना टोलबाट कुनै पनि गोल हुन सकेन। विजेता तथा उपविजेता खेलाडीहरुलाई बेसीशहर नगरपलिका ६ का वडा सदस्य होमबहादुर राउतले पुरस्कार वितरण गरे।

विजेता पुमा टोललाई नगद २० हजार, खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तैगरी उपबिजेता बेलौतिबिसौना टोललाई नगर १० हजार, खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

उत्कृष्ट गोलकिपर बेलौतिबिसौनी टोलमका खेलाडी शम्भु रिमाल, खेल अवधिभर ६/ ६ गोल गरी सर्वाधिक गोलकर्तामा बेलौतिबिसौना टोलका नबिन रिमाल र पुमा टोलका प्रेम गुरुङ, उत्कृष्ट खेलाडीमा पुमा टोलका चिज मिजार र बेलौतिबिसौना टोलका चिरन रिमाल घोषित भए। उनीहरुलाई जनही १/१ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *