साफ च्याम्पियनसिप: पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता

डिसी नेपाल
२७ असोज २०७८ १७:२८

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत चौथो खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको मालेमा जारी पहिलो हाफको खेल जारी रहँदा बंगलादेशले सुरुवाती अग्रता लिएको छ ।

बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती गोल गरेका छन् । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए ।

फाइनल पुग्न नेपाललाई बराबर वा जित भए पुग्नेछ भने बंगलादेशलाई जितको विकल्प छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *