२० वर्षपछि ‘गदर’ को सिक्वेल घोषणा
काठमाडौं। सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर ः एक प्रेम कथा’ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गर्यो। १५ जुन २००१ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने धेरै राम्रो व्यापार गरेको थियो । यसलाई ’ब्लकबष्टर’ फिल्मको लिस्टमा राखिन्छ ।
अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने घोषणा गरिएको छ । केही समयदेखि नै सिक्वेल बन्ने चर्चा भए पनि घोषणा भने भएको थिएन ।
फिल्ममा सनीसँगै अमिषा पटेलको पनि अभिनय रहनेछ भने सिक्वेललाई पनि अनिल शर्माले नै निर्देशन गर्नेछन् । यसपटक थपिएका छन्, उत्कर्ष शर्मा । उनी निर्देशक अनिलका छोरा हुन् । फिल्मको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने बताइएको छ ।
फिल्ममा सनी र अमिषासँगै नयाँ पुस्ताको लभ स्टोरीलाई देखाइनेछ । सिक्वेलमा भित्रिएका उत्कर्ष सनी र अमिषाको छोराको भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा प्रदर्शनमा आउनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment