बराबरीमा रोकियो नेपाल र भारतबीचको फाइनल खेलकाे पहिलाे हाफ

डिसी नेपाल
३० असोज २०७८ २१:३६

काठमाडौं । मालदिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र भारत बराबारीमा रोकिएको छ। पहिलो हाफ हुँदासम्म दुबै टिमले कुनै पनि गोल गर्न सकेको छैन।

आक्रामक खेलेको भारतले धेरै समय नेपालकै फिल्डमा बल लिन सफल भएको थियो। वर्षा भइरहँदा पनि दुबै समूहका खेलाडीहरुले मेहेनतका साथ पहिलो हाफको खेल खेलेका छन्।

दुई पटकसम्मको कर्नर पाएको भारतले गोल गर्ने अवसर गुमाएको थियो भने, धेरै पटक डिफेण्डर बक्स भित्रको बल पनि गोल गर्न नसकेर भारतले अवसर गुमाएको छ।

फाइनलमा पुगेको भारत र नेपालले यसअघिको समूह चरण खेल पनि खेलेका थिए। समूह चरणको खेलको अन्तिममा भारतले गरेको गोलका कारण नेपाल पराजित भएको थियो।

भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो। उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ।

दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।

आजको जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *