भारत आठौँ पटक बन्यो साफ च्याम्पियनसिप

डिसी नेपाल
३० असोज २०७८ २२:४२
2.2k
Shares

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१’को उपाधी भारतले उचालेको छ। नेपालकाविरुद्ध ३ गोल गर्दै भारतले आठौँ पटक साफको उपाधि उचालेको हो।

माल्दिभ्सको राजधानी मालेमा नेपाली समयअनुसार आज राति ८ः४५ बजे सुरु भएको खेलको दोस्रो हाफको सुरुवातिमा भारतले दुई गोल गरेको थियो । खेलको ४९ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रिले र ५०औँ मिनेटमा सुरेस सिंह गोल गरेका थिए। भने खेलको अन्तिम ९० मिनेटमा भारतकै साहल अब्दुलले गोल गरेका थिए।

फाइनलमा पुगेको भारत र नेपालले यसअघिको समूह चरण खेल पनि खेलेका थिए। समूह चरणको खेलको अन्तिममा भारतले गरेको गोलका कारण नेपाल पराजित भएको थियो।

भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *