कस्तो रह्यो नेपाल भारतबीचको साफ च्याम्पियनसिपको फाइनल खेल

डिसी नेपाल
३० असोज २०७८ २३:१४

काठमाडौं । भारतले नेपाललाई पराजित गर्दै साफ च्याम्पियनसिप २०२१ को उपाधि उचाल्न सफल भएको छ। साफ च्याम्पियनसिप सुरु भएदेखि अहिलेसम्म भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको हो।

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले आजको खेलमा ३–०को अन्तरले पराजित हुनु प¥यो। पहिलो हाफसम्म बराबरीमा रोकिएको फाइनखेल दोस्रो हाफ सुरु भएपछि भारतले लगातार एक मिनेटको फरकमा दुई गोल गर्‍यो।

भारतीय फुटबल टोलिका कप्तान सुनिल क्षेत्रीले खेलको ४९औँ मिनेटमा गोलको सुरुवाति गरेका थिए भने खेलको ५०औँ मिनेटमा सुरेश सिंह वाङजामले अर्को गोल गरेका थिए। यस्तै खेलको अन्तिम एक मिनेटमा साहल अब्दुल समादले तेस्रो गोल गर्दै नेपाल विरुद्ध ३ गोलको फराकिलो जित सुरक्षित गरे।

साफ च्याम्पियनसिपको आजको खेलमा भारत निकै आक्रामक देखिएको थियो। भारतले खेलको अवधिभर १९ सट हानेको थियो भने नेपालले उक्त समयअवधिमा जम्मा ६ वटामात्र सट हानेको थियो।

भारतले तार्गेटमै ८ वटा सट हान्यो भने नेपालले खेल अवधिभर १ मात्र सट हानेर घर फिर्ता भएको छ। ६५ प्रतिशत पोजिसन लिएको भारतले खेल अवधिभर ५ सय २३ वटा पास खेल्यो भने ८० प्रतिसत पास सहि ठाउँमा दिएको थियो।

यस्तै, नेपालले पोजिसन ३५ प्रतिशत मात्र लिन सक्यो। खेल अवधिभर जम्मा २ सय ९६ पास खेलेको नेपालले ६४ प्रतिशत पास सहि ठाउँमा गरेको थियो।

नेपालले अन्य कुरामा भारतको नजिक नपुगे पनि फलस् गर्नमा भने झण्ड भारतलाई नै जितेको देखिन्थ्यो। खेल अवधिभर भारतले १६ फल्स गरेको थियो भने नेपालले त्यो अंक १५ पुर्‍याइसकेको थियो।

खेल अवधिभर भारतले ८ वटा कर्नर पाएको थियो। यस्तै दुई वटा पहेलो कार्ड पायो भने दुई अफसाइड र एकमात्र पहेलो कार्ड पाएको छ। भारत र नेपालबीचको आजको खेलमा रातो कार्ड भने कुनै पनि टिमले पाएन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *