हिमाली भेगमा यसरी हुँदैछ उँचाई छायांकन

डिसी नेपाल
१ कार्तिक २०७८ ११:०३
5.0k
Shares

काठमाडौं। गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उँचाईको छायांकन भईरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ।

लुक्ला , नाम्चे , मनाङलगायतका रमणीय दृश्यमा छायांकन गरिरहेको फिल्मको एक तस्विर न्युज कारखानालाई प्राप्त भएको छ । प्राप्त तस्वीरमा फिल्मका लिड कलाकारहरु छायांकन गरिरहेका छन्।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतको अभिनय रहेको छ। यद्दपी नेपालमा अमिताभ बच्चन आएका छैनन्।

स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताए। पछिल्लो समय अमिताभ कौन बनेगा करोडपति नामक टिभी शोमासमेत व्यस्त छन्।

प्राप्त तस्वीरमा अमिताभको डुब्लिकेटसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन्। ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ। फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले गरिरहेका छन्।

बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ। नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनि थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए। फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन्। हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *