प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा

डिसी नेपाल
१ कार्तिक २०७८ १५:३१
492
Shares

कर्णाली । प्रदेश अस्पताल सुर्खेतले बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवा सुरु गरेको छ। बिरामीलाई सहज र सरल सेवा पु¥याउने उद्देश्यले अस्पतालले आजदेखि विशेषज्ञ चिकित्सकबाट बिहानी सेवा दिन थालेको हो। अस्पतालले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले शनिबारबाहेक हरेक दिन बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा सञ्चालन हुने बताए। उनका अनुसार यो समयमा बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, छाला, यौन र मानसिक रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ।

क्याबिनमा बसेर तत्काल सर्जरी सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरेर सेवा लिन सकिने अस्पतालले जनाएको छ। अस्पतालले विशेषज्ञ सेवाका लागि रु ४०० शुल्क तोकेको छ। प्रदेश अस्पतालको यो निर्णयले सरकारी चिकित्सकलाई निजी अस्पताल तथा क्लिनिकमा बढी समय बिताउने समस्या रोकिने भएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *