वर्षाका कारण कतै राहत, कतै घात

डिसी नेपाल
१ कार्तिक २०७८ २१:४७

काठमाडाैं । आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ । नल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेको छ ।

धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्कोतिर मकै भित्र्याएर गहुँ , तोरी र तरकारी बालीलाई भने फाइला भएको छ । आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका ८ का वीरबहादुर खत्रीले बताए । पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *