श्रीलंकाको सुखद सुरुआत, नामिबिया पराजित
काठमाडौं। नामिबियालाई पराजित गर्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुआत गरेको छ। सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो।
६७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गर्यो। श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए।
नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १-१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे।
नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए। मंगलबार नै भएको अर्को खेलमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment