महासचिव पोखरेलद्वारा प्रमुख जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

डिसी नेपाल
२ कार्तिक २०७८ १८:४९
596
Shares

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गर्ने शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन पोखरा आएका पोखरेलले आज प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेशसभा सदस्य राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणि पौडेल लगायतले प्रमुख जिसीलाई भेटेका हुन् ।

महासचिव पोखरेललाई जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताउनुभएको प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *