सामान्य घरयासी झगडाको कारण बुबालाई खुकुरी हानेर छोरा फरार

डिसी नेपाल
२ कार्तिक २०७८ २१:३५

काठमाडौं। गुल्मीमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् ।

धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए ।

खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए । सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ । घटनाका आरोपितको खोजी कार्य जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *