पिकेको निर्णायक गोलमा बार्सिलोनाको कठीन जित
काठमाडौं। जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे।
खेलको ३६औँ मिनेटमा पिकेले गोल गरेका थिए। जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भए। च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो।
च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाति दुई खेलमा पराजित भएको थियो। जितपछि बार्सिलोना समूह ‘इ’मा ३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment