अस्कर अवार्डमा नेपालले भाग नलिने

डिसी नेपाल
५ कार्तिक २०७८ १०:२४
88
Shares

काठमाडौं। नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएकाे छ। नेपालको अस्कर कमिटीले १९ असाेजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो। तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हाे।

द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइसेन्जले २२ मार्च २०२२ मा अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा अस्कर अवार्ड आयाेजना गर्दैछ। नेपालस्थित अस्कर कमिटी सदस्य सामिप्यराज तिमिल्सेनाले फिल्म प्राप्त नभएको बताए।

कम्तिमा एक हप्ता फिल्म हलमा प्रदर्शन भएको हुनुपर्ने वा प्रसिद्ध अनलाइन स्ट्रिमिङमा रिलिज हुनु भएको हुनुपर्ने प्रावधान कुनै पनि फिल्मले पार नगरेको हुँदा यो वर्ष अस्करमा नेपालले सहभागी नजनाउने भएको हो।

‘हामी कहाँ हल नै ढिला खुल्यो यसले पनि अपेक्षित फिल्मले रिलिज गर्न पाएनन्,’ कमिटी सदस्य तिमल्सेनाले भने। विमल पौडेलको संयोजकत्वमा गठित सात सदस्यीय कमिटीले केही दिनमै अमेरिकास्थित अस्कर कमिटीलाई यसबारे औपचारिक जानकारी गराउने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *