आठ वर्षपछि बलात्कार कसुरदार पक्राउ

डिसी नेपाल
५ कार्तिक २०७८ १५:५४

काठमाडौं ।बलात्कारका कसुरदारलाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। बेथानचोक गाउँपालिका ४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो।

राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो। कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका ७ बाट पक्राउ गरिएको काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फस्र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *