सनातन धर्मले नै मानवकल्याण गर्छः स्वामी स्वरूपानन्द

डिसी नेपाल
५ कार्तिक २०७८ १९:३९
36
Shares

काठमाडौं । पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गरेको पशुपतिनाथको चन्दन लिएर सनातन संस्कृति समाजका संरक्षक १००८ स्वामी स्वरूपानन्द सरस्वती त्यसतर्फ जाने भएका छन् ।

नेपाल सरकारले निस्काशन गरेको रु १०० को सिक्काको एकातिर ‘ॐकार’ र अर्कातिर ‘नेपाल श्रीभवानी’ लेखिएको छ । जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालीको सन्देश लिएर उनी त्यसतर्फ जान लागेका उक्त समाजका उपाध्यक्ष धर्मराज बरालले बताए ।

बेलहिया नाका हुँदै भारतको पञ्जाबतर्फ प्रस्थान गरेका स्वरुपानन्दले पत्रकारसँगको कुराकानीमा भने, “विश्वमा शान्ति कायम गर्न धर्र्म अङ्गीकार गर्नुपर्छ । हामी सनातनीहरु सबैको एकताले नै विश्वमा शान्ति र सद्भाव कायम हुन्छ ।”

धर्म जीवनको उन्नतिका लागि आवश्यक भए पनि पछिल्लो समय धर्मभन्दा धनलाई जोड दिइएकामा चिन्ता व्यक्त गर्दै उनले भने, “संसारमा सबै धर्म मनुष्यले बनाएका हुन् तर हिन्दू धर्म, सनातनी भएको र भगवानले नै सिर्जना गरेका हुन् । यसको न आदि छ न अन्त्य नै । यो अनादिसम्म चल्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *