तीघ्रामा लुकाइएको सात किलो चरेशसहित महिला पक्राउ

डिसी नेपाल
५ कार्तिक २०७८ २०:५१

काठमाडौं । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिला पक्राउ परेकी छिन्।

पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियारलाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको हो ।

ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *