ओलीले भनेः हाम्रो गणना एक नम्बरमा छ

डिसी नेपाल
६ कार्तिक २०७८ १३:२२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन्।

देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक नम्बरमा हुने बताए। ‘भोलिपनि हामी एक नम्बरमै हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नुपर्छ।

नमूना काम गर्नुपर्छ। हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नुपर्छ । यसअनुसार अघि वढ्नुस्,’ सम्वोधनका क्रममा उनले भने।

उनले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गरेका छन्।

उनले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशिल भएर देश र जनताको बृहत्तर हितमा केन्द्रीत हुन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *