एकैदिन नुवाकोटमा ५८ नयाँ सक्रमित थपिए

डिसी नेपाल
६ कार्तिक २०७८ २०:५३

काठमाडौं । नुवाकोटमा आज कोरोना रोगको ५८ जना नयाँ सङ्क्रमित थप भएका छन् । योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ ।

जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शङ्कास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट सङ्कलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो चौबिस घण्टामा नयाँ सङ्क्रमित थप हुनेमा विदुर नगरपालिकामा ३६ जना, किस्पाङ गाउँपालिकामा सात जना, बेलकोटगढी नपामा चार जना, सूर्यगढी, ताँदी र म्यागङमा तीन÷तीन जना र तारकेश्वर गाउँपालिकामा एक जना रहेका छन् ।

नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घट्ने क्रममा रहेको र १२ मध्ये पाँच वटा पालिका सङ्क्रमणमुक्त भएको तथा सङ्क्रमित पहिचान १० प्रतिशतको हाराहारीमा रहेको थियो । आज एकैदिन धेरै सङ्ख्यामा कोरोनाको नयाँ सङ्क्रमित पहिचान भएको हो ।

प्रयोगशालामा ५९ जनाको जाँच गर्दा ५५ जना र बिरामी भएर अस्पतालमा उपचार गराउन गएका पाँच जनामा तीन जनासमेत गरेर ५८ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । धेरै सङ्ख्यामा कोरोनाको भाइरस देखिएसँगै दो¥याएर गरिएको जाँचमा समेत सोहीअनुसारको नतिजा आएसँगै रोगको सङ्क्रमण पुनःसमुदायमा व्यापकरुपमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *