संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ

डिसी नेपाल
७ कार्तिक २०७८ १७:५०

काठमाडौं ।गैंडाको खागसहित दुई जना प्रहरीको फन्दामा परेका छन् ।

सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामेलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरामद गरेको छ ।

अवैध रूपमा ओसारपसार गरी ल्याएको दुर्लभ वन्यजन्तु गैंडाको खागको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *