छ वर्षअघि वन मुद्दाका फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं । कैलालीमा वन मुद्दाको फरार प्रतिवादी नारायण साउँदलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला अदालतको फैसलाअनुसार छ वर्षअघि वन मुद्दामा रु एक लाख १३ हजार ४६ जरिवाना तोकिएको फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–५ अण्डैयाका साउँदलाई पक्राउ गरिएको हो ।
साउँदलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । उनीमाथी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment