छ वर्षअघि वन मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
७ कार्तिक २०७८ १९:००

काठमाडौं । कैलालीमा वन मुद्दाको फरार प्रतिवादी नारायण साउँदलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला अदालतको फैसलाअनुसार छ वर्षअघि वन मुद्दामा रु एक लाख १३ हजार ४६ जरिवाना तोकिएको फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–५ अण्डैयाका साउँदलाई पक्राउ गरिएको हो ।

साउँदलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।  उनीमाथी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *