आजको मौसम : मुलुकका थोरै स्थानमा मात्रै वर्षाको सम्भावना

डिसी नेपाल
१० कार्तिक २०७८ ७:०७
76
Shares

काठमाडौं। आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस।

यद्यपि, दिउँसो पहाडी भूभागमा बदली रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। राति पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *