नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिनँ

डिसी नेपाल
१० कार्तिक २०७८ १७:१४

काठमाडौं ।एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंहले आफू जहाँ रहे पनि नेपाली फिल्म र दर्शकको माया मार्न नसक्ने बताएकी छिन् । आफूलाई सुहाउने चरित्र र भूमिका भएमा जुनसुकै बेला पनि नेपाली फिल्ममा अभिनय गर्न आफू तयार रहेको उनको भनाइ छ ।

पछिल्लो एक दशकदेखि मुम्बईमा बस्दै आएकी निरुता रियालिटी शो डान्स च्याम्पियनको निर्णायकको अभिभारा बहन गर्न काठमाडौं आएकी हुन् । वरिष्ठ निर्देशक तुलसी घिमीरेको खोजको रूपमा ‘दक्षिणा’ फिल्मबाट डेब्यू गरेकी निरुताले त्यसपछि ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’ लगायतका थुप्रै हिट फिल्म दिइन् ।

विशेषगरी सेन्टिमेन्टल दृश्यका लागि चर्चित रहेकी निरुताले ‘माइली’ फिल्ममा भने आधुनिक युवतीको भूमिका निर्वाह गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *