तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

डिसी नेपाल
१० कार्तिक २०७८ २२:५१

काठमाडौँ ।बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ ।

बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् । बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ । बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरुले बताएका छन् । बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाभाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने शिलशिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो ।

बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउने निर्णयबाट देशवासी खुशी भएका छन् भने सरकारी अधिकारीहरुले पनि महामारी नियन्त्रण हुने अपेक्षा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *