१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’
काठमाडौं। सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज खोप ल्याउन बुक गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीको समूहका नागरिकलाई लगाउने गरी एक करोड डोज कोरोनाभाइरसविरुद्धको खोप बुक गरिसकेको जानकारी दिएका हुन्।
१८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने अभियान सुरु भइसकेका बेला सो उमेर समूहभन्दा कम उमेर समूहलाई लक्षित गरी सरकारले खोप ल्याउन थालेको हो।
१२ वर्षमाथिकालाई खोप लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वीकृति दिइसकेको भन्दै मन्त्री खतिवडाले भने, ‘डब्लुएचओले अनुमति दिइसकेकाले १२ वर्षमाथिकालाई लगाउने गरी एक करोड डोज खोप ‘बुक’ गरिसकिएको छ। अमेरिकाबाट खरिद गरेर ल्याउने फाइजर र मोडेर्नाको एक करोड डोजले ५० लाखलाई पुग्छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment