कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानविन गरिनेः स्वास्थ्यमन्त्री

डिसी नेपाल
११ कार्तिक २०७८ २१:१५

काठमाडौँ ।कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानविन गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताएका छन् ।

उाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानविन गरिने बताएका हुन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानविन गर्न निर्देशन दिएका हुन् ।

औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानविन गर्ने भएको हो । “कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ”, उनले भने, “औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहनुभएको छ । दुई÷चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।”

उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथैै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *