आज पहाडमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातकाे सम्भावना

डिसी नेपाल
१२ कार्तिक २०७८ ६:४२

काठमाडौं। आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *