साहित्यकार पौड्यालको आखाँबाट देवकोटा

तर्कबहादुर थापा
२० कार्तिक २०७८ ११:५८

काठमाडौं। नेपाली साहित्यमा बहु विधामा कलम चलाउने स्रष्टा हुन् महेश पौड्याल। विश्व साहित्यमा रबीन्द्रनाथ टैगोरबाट प्रभाविभ भएका पौड्याल नेपाली साहित्यमा महाकवि लक्ष्मी प्रसाद देवकोटाकै बाटोमा हिँडिरहेका छन्।

भरखरै मात्र बजारमा ‘अपरिचित अनुहार’ कथा संग्रह ल्याएका पौड्यालले विगत १५ वर्षभन्दा लामो प्रकाशित साहित्य यात्रा गरिरहेका छन्। लामो साहित्य यात्राको क्रममा पौड्यालको पछिल्लो कृति अपरिचित अनुहार सबै भन्दा बढी बिक्री हुने साहित्य पुस्तकहरुको सूचीमा छ।

नेपाली साहित्यको बहुविधामा कलम चलाएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्म जयन्तिको सप्ताहमा छौं। १९६६ सालको कात्तिक २७ गते लक्ष्मी पूजाको दिन जन्मेका देवकोटाको जन्म जयन्ति लक्ष्मी पूजाको दिन मनाउने चलन छ।

देवकोटाको जयन्तिका अवसरमा देवकोटाकै बाटोमा बहुविधामै कलम चलाउने पौड्यालसँग देवकोटाका बारेमा बुझ्ने जमर्को गरेका छौं। देवकोटाका बारेमा उनकै शब्द :

म रबीन्द्रनाथ टैगोरसँग प्रत्यक्ष प्रभावित भएको हुँ। बहुविधामा लेख्नेहरुका लागि महाकवि देवकोटा पनि ठूलो डिफेण्डर हुनुहुन्छ। देवकोटा एउटै विधामा सीमित भएको भए आज हामीले स्मरण गरिरहन हुथ्यो कि हुन्थेन त्यो त मलाई पनि थाहा छैन। उहाँ मात्र हैन रबीन्द्रनाथ टैगोर, महाकवि देवकोटा, लियो टल्स, एन्थन चेक अपलगायत साहित्यकारहरु बहुविधामा हुनुहुन्छ।

मलाई पनि साथिहरुले जुन कृति पढ्नु हुन्छ तपाईँ यसकै लागि जन्मेको हो बाँकी मोफसल बताइरहनु हुन्छ। कतिपयले एउटै विधालाई लिएर लेखेको भए मानक भइन्थ्यो होला भन्नु हुन्छ। लक्ष्मीप्रसाद देवकोटाको पनि लक्ष्मी निबन्ध मानक हो। उहाँहरुको त्यो कुराले मलाई पनि नछुने त हैन तर पनि आफूले बहुविधामा लेख्दा अपराध नै भए जस्तो लागेको पनि छैन। बहु प्रतिभा हुन सकेँसकेन त्यो पाठकले बताउने कुरा हो। तर, मैले आफ्ना मनमा आएका भावनाहरुलाई तुहाएर बस्नु परेको छैन।

सामान्यतः एउटा निबन्धकार, एउटा कथाकार, उपन्यासकार भएर चिनिएको अवस्थामा मेरा मनमा आएका अन्य भावनाहरु तुहिएर जान्छन्। एउटा नियात्राकारले सधैँ हिडिरहनु, घुमीरहनु पर्छ। उनी कहिलेकाँही आफ्नो घरमा बस्दा केटाकेटी खेलेको बेला मनमा खेल्ने भावनालाई मार्नु पर्छ। उनलाई त नियात्रामात्र लेख्नु छ। मलाई त्यो अफ्ठेरो पर्दैन। कविताका लागि फुरेको भावना कनीकुथि कथा बनाउँनु पर्दैन। उपन्यासका लागि फूरेको भावनालाई खुम्च्याएर कविता बनाउँदा पनि राम्रो हुन्छ जस्तो लाग्दैन। तर, बहुविधामा लेख्ने सबैले ती भावनाहरु मारेर बस्नु पर्दैन । भावनाले विधाको निर्धारण गरिरहेको हुन्छ।

भोटेशेलो, तामाङशेलो, झ्याउरे जस्ता अशास्त्रीय छन्दहरु, अशास्त्रीय लोकभाकाहरुलाई, लोक छन्दहरुलाई नेपाली साहित्यको केन्द्रमा ल्याएर आउनु भयो। त्यसले के ग¥यो भनेपछि पिंगल छन्द, संस्कृत छन्दमा लेखिदै आएको साहित्यलाई झ्याउरेमा लेख्नु भयो, भोटेसेलो, तामाङसेलामा ल्याएर आउँदा इतरका स्वरहरु, छन्दहरु, बान्कीहरु पनि नेपाली साहित्यको केन्द्रमा आए।

लक्ष्मी प्रसाद देवकोटाको बारेमा बोल्दा चलनचल्तिका मानकहरु मैले बोलिरहनु पर्दैन्। उहाँ महाकवि हो भन्ने कुरामा कसैको दुई मत भएन। उहाँका अरु आनीबानीका कुरा पनि बजारमा प्रसस्तै छन्। ती कुराहरु मैले बोलिरहनु पर्छ, दोहो¥याइ रहनु पर्छ भन्ने पनि छैन। कलिलो उमेरमा लेखेको, बहुँ विधामा लेखेको भन्ने भनिरहनु पर्छ भन्ने पनि छैन।

हामी जस्ता युवाहरुले महाकवि देवकोटालाई फरक तरिकाले हेर्दा मैले केही नयाँ कुरा भेटेको छु। हामी अहिले समावेशिताको कुरा गर्छौं। सामन्त वर्गले मात्र नायकत्व गर्ने चलनलाई हामीले विस्तारै सिमान्तकृत समुदायसम्म पु¥याउन लागि परेका छौं। उत्तरआधुनिक कालमा उनीहरुको पनि ज्ञानको कुरा गर्ने, नायकत्वको कुरा गर्ने बेला हो।

२०६२/६३ सालले स्थापित गरेको मान्यता के भने नायकत्व सम्रान्त वर्गमा मात्र सीमित छैन। इतरका समुदायमा पनि नायकत्व छ। यो विषयको देवकोटामा आधा सताब्दी भन्दा पहिला नै चेताना थियो। ‘कुञ्जीनी’को कुरा गर्दा आफू जन्मेको ब्राह्मण क्षेत्री समुदायलाई मात्र नायकत्व दिनु भएको छैन। उहाँले मगरलाई नायकत्व प्रदान गर्नु भएको छ। कतै शेर्पा समूदायबाट ल्याएर नायकत्व दिनु भएको छ। तामाङ समूदायलाई पनि देवकोटाका कृतिहरुमा उ बेला नै नायकत्व दिनु भएको छ। मुना मदनको कुरा गर्दा पनि भोटेले नायकत्व पाएका छन्। मुना मदनमा मदन नायक भएता पनि नायकत्व भने भोटेले पाएका छन्। मानवताको सबै भन्दा ठूलो मिसाइल भोटेले पाएका छन्।

देवकोटाले लुनिमामा भोटेशेलोको प्रयोग गरे। मेहेन्दोमा तामाङशेलोको प्रयोग भयो। भोटेशेलो, तामाङशेलो, झ्याउरे जस्ता अशास्त्रीय छन्दहरु, अशास्त्रीय लोकभाकाहरुलाई, लोक छन्दहरुलाई नेपाली साहित्यको केन्द्रमा ल्याएर आउनु भयो। त्यसले के ग¥यो भनेपछि पिंगल छन्द, संस्कृत छन्दमा लेखिदै आएको साहित्यलाई झ्याउरेमा लेख्नु भयो, भोटेसेलो, तामाङसेलामा ल्याएर आउँदा इतरका स्वरहरु, छन्दहरु, बान्कीहरु पनि नेपाली साहित्यको केन्द्रमा आए। केन्दीय साहित्यको माध्याम बन्दा रहेछन् भन्ने भयो। जुन समूदायबाट ति जन्मिए ती समूदायलाई पनि सम्मानित भएको फिल हुने भयो नि।

देवकोटाको अध्याधिक लोकप्रियताको पछाडि हामीले तीनवटा कुरा हेर्नु पर्ने हुन्छ। पहिलो कुरो, हामी सबै करुणाले भरिएको मान्छे हो। सबैको भित्र करुणाको हृदय छ। मुनामदनमा सर्वस्पर्सि चिज छ। करुणा छ, त्यो करुणाले अधिकांश मान्छेलाई छुन्छ। मैले एउटा बौधिक निबन्ध लेखेँ भने केही प्राज्ञिकहरुलाई मात्र छुने हो। मुना मदनले हृदयगत कुरा गर्छ त्यो सर्वस्र्पस्ता मुनामदनको लोकपृयताको एउटा कारण हो।

अर्को कारण भनेको आम मान्छेले गाउनसक्ने छन्द र सरलतामा जुन लेखियो। सरलताका कारण मुखार्ग पार्न सजिलो छ। मुनामदन साहित्यबाट उठेर संस्कृतिमा परिणत भयो। देवकोटाको मुनामदनमा आउँदा आम मान्छे नायक छ। मैले आफूलाई मदनको स्थानमा देख्छु, कोही महिलाले मुनाको स्थानमा आफूलाई देख्नु हुन्छ होला। भोटेको स्थानमा देख्ने मानवीयता भएका व्यक्तिहरु पनि समाजमा थुप्रै हुनुहुन्छ। आम मान्छेको प्रतिनिधित्व गरेर मुनामदन आएपछि सबैले अंगिकार गरे।

र तेस्रो कुरा अहिलेको परिस्थितिमा त्यही साइजको किताब निकाल्ने हो भने त्यसको मूल्य २ सय हुन्छ। र अहिले पनि मुनामदन १०देखि २० रुपैयाँमै विक्री भइरको छ। त्यसले पनि मुनमदनलाई सर्वाधिक बिक्री भयो।

लक्ष्मी प्रसाद देवकोटाले पनि अन्तराष्ट्रिय स्तरमा नेपाली साहित्यलाई पु¥याउन प्रयास गर्नु भएको छ। हामीले नेपाली अनुवाद साहित्यको पहिलो आधिकारीक अनुवादक पनि देवकोटा हुनुहुन्छ। आफ्नै समकालीन साथिहरुको पनि कतिपय कविताहरु देवकोटाले अनुवादन गर्नु भयो। सिद्धिचरणका कविता, आफ्नै कृति शाकुन्तललाई पनि अनुवाद गर्नु भएको छ।

उहाँसँग अंग्रेजी र नेपालीको बराबर महारथ थियो। अनुवादक धेरै पुस्ताहरु आए। विश्व साहित्य बजारमा जानको लागि अनुवादकको भूमिका महत्वपूर्ण हुन्छ। महाकविले जसरी नेपाली साहित्यलाई विश्व बजारमा लैजाने बारे सोच्नु भएको थियो। त्यो उपलब्धि चाहे अनुसारको भएको छैन। विश्वबजारमा साहित्य नपुग्नुमा अनुवादकको भूमिका हुने भएकाले अनुवादकले पनि आफूलाई स्वमूल्याङ्कन गर्नु पर्ने हुन्छ। आफूले उत्पादन गरेको माल नै गतिलो छैन भने बजारमा लैजाने हिम्मत पनि हुँदैन नि। त्यसैले सबै अनुवादकहरु बजारमा लैजान उपयुक्त छन् कि छैनन् भन्ने विषयमा पनि ख्याल गर्नु पर्छ।

विदेशी प्रकाशकहरुले हामीलाई पत्याएको अवस्था पनि छैन। अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एनआरएनएको भाषा समिति र नेपालको एकेडेमीले पनि यसलाई पहल नगरेको अवस्था पनि हो। उहाँहरुले पहल गरेर अन्तराष्ट्रिय प्रकाशकले प्रकाशन गरेपछि र विश्वव्यापी बजारिकरण गरेपछि नहुँने भन्ने हैन। तर, त्यो लक्ष्मी प्रसाद देवकोटाको सपना अझै पनि पूरा भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *