हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिरमा

डिसी नेपाल
२२ कार्तिक २०७८ १५:२२
32
Shares

काठमाडौं।आगामी मंसिर तेस्रो साता हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ । प्रदेश खेलुकद विकास परिषद्, बाग्मती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाको आयोजनामा पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाईक च्यालेन्ज हुन लागेको हो । च्यालेन्ज आगामी १८ मंसिरमा हुनेछ ।तीन बिधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागीता रहँदा पुरुषतर्फ इलिट, जुनियर र मास्टर गरी तीन बिधामा प्रतिस्पर्धा हुनेछ ।

जिल्ला साईक्लिङ संघ रसुवाले प्रतियोगिताको रुट समेत तय गरेको छ । बाईक च्यालेन्च कालिका गाउँपालिकाको सहिदगेट कालिकास्थानबाट सुरू भई घुम्ती बजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै नौकुण्ड गाउँपालिका, लोकिल, आरुखर्क, गाुर्म, सस्र्युङ, किमार्जोङ, साल्चेत र जीवजीवहुँदै ३५ किलोमिटर पार गर्दै कालिका हिमालय क्याम्पसमा पुगेर पुरा हुनेछ ।

प्रतियोगिता आयोजनाको लागि प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साईक्लिङ संघ रसुवाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसअन्तर्गत प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषद्ले जिल्लालाई १० लाख उपलब्ध गराउनेछ ।आयोजकले खुल्ला प्रतियोगितामा एक सय ५० जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ । जसको सम्पूर्ण खर्च प्रदेश खेलकुद विकास परिषद्ले व्यहोर्नेछ ।

प्रतियोगिताको इलिटतर्फको प्रथमदेखि दशौंसम्मको विजेताले ४० हजार, २० हजार, १५ हजार, सात हजार, ६ हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार र एक हजार प्राप्त गर्नेछन् । यस विधामा महिला तथा पुरुष दुबैको सहभागीता रहनेछ ।यस्तै, मास्टर र जुनियर तर्फको प्रथमदेखि तृतीयसम्मको विजेताले १५ हजार, १० हजार र सात हजार पाउने छन् ।प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले साहसिक खेल आयोजना गर्न प्रदेशले छुट्टै कार्यक्रम ल्याएको र त्यसअन्तर्गत यस प्रतियोगिता परेको समेत जानकारी गराए ।

यस्तै उनले हिमाली क्षेत्र छानेर प्रतियोगिता गरेको र खेलको ट्रयाक समेत राम्रो भएको बताए । उनले अर्को बर्ष यस प्रतियोगितामा विदेशी खेलाडीको समेत सहभागीता गराउने लक्ष्य रहेको बताए ।यता, नेपाल साईक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले केन्द्रबाट जिल्ला चलायमान होस् भनेर प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरि प्रतियोगिता आयोजना गरेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *