मदिरा पिएर होहल्ला गर्दै हिँडेका मेजरमाथि अनुसन्धान गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

डिसी नेपाल
२३ कार्तिक २०७८ १८:२३

काठमाडौं । नेपाली सेनाका मेजर अशोकजंग शाहीमाथि अनुसन्धान गर्न सैनिक जंगी अड्डाले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको छ ।

कैलालीमा आइतबार राति मदिरा प्रहरी र स्थानीयमाथि जाइलाग्ने सेनाका मेजर शाहीविरुद्ध जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार बुधबारबाट उनीमाथि छानबिन हुनेछ । ‘के भएको हो भन्ने बारेमा छानवीन हुनेछ त्यसको रिपोर्ट आएपछि मात्रै सबैकुरा भन्न सकिन्छ’, प्रवक्ता पौडेलले भने ।

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आइतबार मेजर शाहीले मदिरा सेवन गरेर हो हल्ला गरेपछि पक्राउ गरेर सेनालाई बुझाइएको बताए । शाही कैलालीको लम्कीचुहा नगरपालिकास्थित सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत थिए ।

आइतबार शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी आफै चलाएर स्थानीय होटल सञ्चालकसँग विवाद गरेका थिए । तर विवाद भएपछि शिक्षालय पुगेका शाही पुनः बजारमा पुगेका थिए । त्यहाँ हुद्दासँग पुगेका मेजर शाहीलाई स्थानीयले कुटपिट तथा उनको गाडीमा तोडफोड गरेका थिए ।

त्यसक्रममा शाहीले हुद्दाको एसएलआर स्थानीयलाई ताकेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सेनालाई बुझाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *