थप ४४० जनामा सङ्क्रमण पुष्टि, ४७४ जना कोरोना मुक्त

डिसी नेपाल
२४ कार्तिक २०७८ १५:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना मुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ७ हजार ५१९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *