अपराधमा सजाय पाएर फरार रहेका चार व्यक्ति पक्राउ

डिसी नेपाल
२६ कार्तिक २०७८ १३:०७
28
Shares

तनहुँ । विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन् ।

लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

गुरुङ चार वर्षपछि पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जनाए । लागुऔषध मुद्दामै फरार आँबुखैरेनी गाउँपालिका–२ सत्रसयकै २६ वर्षीय विजय अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अधिकारी पनि चार वर्षपछि पक्राउ परेका हुन् । यस्तै कर्तव्य ज्यान तथा गाली बेइज्जति मुद्दाका दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *