देशनीति, राजनीति र कर्मचारीतन्त्र

डिसी नेपाल
२८ कार्तिक २०७८ ७:५७

राज्य नै देश हो। राज्यको परिभाषा देशको परिभाषा हो। राज्यको उत्पत्ति निरकुंशताबाट भएको हुन्छ। राज्य स्वयम्मा निरंकुश हुन्छ। आफै माथि शासन गर्न राज्यमा कानुन बन्छ। कानुन राज्य भन्दा माथि हुँदैन। कानुन राज्यको अनुशासन हो। देशको अनुशासन हाे। देश आफै चल्दैन। संविधान, कानुन, नीति नियमबाट देश चल्छ। यिनमा देश झल्किन्छ। प्रतिनिधित्व हुन्छ।

देश शासकबाट चिनिँदैन। शासनबाट चिनिन्छ। शासक प्रजातान्त्रिक, निरंकुश हुनसक्छन्। लोभी पापी हुनसक्छन्। स्वार्थी हुनसक्छन्। यसको प्रतिबिम्ब शासनमा देखिन्छ। यसको अर्थ शासकले शासनलाई अर्थपूर्ण बनाउँछ भन्ने हो। कुनै-कुनै देशमा शासन भन्दा माथि शासक देखिन्छन्। जस्तै महाथिर माेहमद, लि क्वान।

पृथ्वीनारायण शाह, राजा महेन्द्र, वि पी, नेहरू, यिनीहरूले देश बुझे। जनता बुझे। विश्व बुझे। देश अनुकूल शासन गरे। देशको स्वार्थ आफ्नो स्वर्थ माने। आफ्नो स्वार्थ देशमा हाबी हुन दिँएनन्। देश चाहे प्रजातान्त्रिक निरंकुश जेहोस्,शासकले शासनलाई जनमुखी बनाउँछ। यो शासकको शैली हो।

देश राजनीतिबाट चल्छ। उत्तम नीति नै राजनीति हो। राजनीति कस्तो हुनुपर्छ यसको कुनै आदर्श मान्यता छैन ।एउटै मान्यता छ, जनमुखी हुनुपर्छ ।जनताप्रति उत्तरदायी हुनुपर्छ। राजनीति दर्शन पनि हो ।दर्शनले प्रजातन्त्र, समाजवाद, साम्यवाद, व्यक्तिवाद ,निरंकुश बादी बनाउँछ। चाहे जुनसुकै बाद हाेस,एउटा मात्र बाद सत्य छ ,त्याे हो जनमुखी शासन प्रणाली। देश र राजनीति अभेद्य सम्बन्ध छ। राजनीतिले नेतृत्व दिन्छ।

मन्त्रीले राजनीति आँखाबाट कर्मचारी चिन्छन। राजनीतिले कानुन बनाउँछ संसद्मार्फत तर आफूले बनाएको कानुन थाहा पाउँदैनन् मन्त्रीहरु। कानुन लागू गर्दा मन पराउँदैनन्। कर्मचारी कानुन सिरानी राख्छ र राजनीतिलाई अल्मल्याउन माहिर हुन्छ। मन्त्रीहरु सुविधा खोज्दैनन् तर सुविधा नभई बाँच्न सक्दैनन्।

नेतृत्वले देश बनाउँछ ।देशलाई गति दिन्छ। दिशानिर्देश गर्छ भन्ने राजनीति मान्यता हो ।देश आफैं बोल्दैन। विकास, सुधार, जनताको अवस्था ,गरिबी ,अशिक्षा, बेरोजगारी, राेजगारी, जनताको इज्जत, अन्तराष्ट्रिय मान्यता, शान्ति, सुरक्षा, अमन चयनमा देश बोल्छ ।राजनीतिज्ञहरू देश नबोल्दा खुसी हुन्छन्। जनता नबोल्दा खुसी हुन्छन्। यो राजनीतिको अधोगति मान्यता हाे।

संविधान देशको कानुन हो। देशनीति संविधानभन्दा माथि हुन्छ। देशनीतिले संविधानलाई निर्माण गर्छ ।देशनीति संविधानमा लेख्न सकिँदैन। लेख्ने प्रयास गरिन्छ। इतिहास, संस्कृति, परम्परा, गौरव, जनताको इच्छा, देशनीतिभित्र हुन्छ ।जसले देश नीति बुझ्छ, त्यसले संविधानको पालना गर्छ। कानुन आफैंलाई शासन गर्ने विधि हो।राज्यलाई निरंकुश हुन नदिने कडी हो ।देशनीतिभित्र राजनीति र कर्मचारीतन्त्रले काम गर्छन्।

यसको अर्थ कर्मचारीतन्त्र र राजनीतिभन्दा माथि देशनीति हुन्छ। राजनीतिले देशनीति बुझेन र कर्मचारीले देशनीति बुझ्याे भने शासन प्रणाली जनमुखी हुन सक्दैन। कर्मचारितन्त्र राज्यको काम गर्ने अङ्ग हो ।यो राजनीति भन्दा भिन्न हुन्छ तर राजनीतिसँगै हिन्छ।राजनीतिले जनता खोज्छ। प्रशासनले एैन कानुन। राजनीति बन्धनमा बस्न चाहँदैन। प्रशासनलाई बन्धनमा राख्न चाहन्छ।

कर्मचारीतन्त्र योग्य हुन्छ ,योग्यता यसको मूल आधार हो। राजनीतिमा योग्यता खोजिँदैन। जनमत खोजिन्छ। जनमत र योग्यतालाई मिलाउन खोज्ने ,मिलाउन सक्ने राजनीति र राजनेतााले‌ मात्र देशनीति सञ्चालन गर्न सक्छ। प्लेटो, एरिस्टोटल मेकियावेली जाेनलक सबैले आदर्श राजनीतिको परिकल्पना गरे।

वाल्डाे, विड्राे उल्सनले आदर्श कर्मचारीतन्त्रको परिकल्पना गरे। कर्मचारितन्त्र आफै काम गर्दैन, गर्न सक्दैन भने मान्यता राजनीतिले राख्छ । कर्मचारीतन्त्रमा जनमत हुँदैन तर जनमतको काम गर्छ ।जबसम्म देश नीति राजनीति र कर्मचारीतन्त्र को बिचमा एकालाप हुँदैन ,स्वार्थ छुट्टिँदैन, तबसम्म देश विकास हुँदैन।

नेपालमा हाल राजनीति, राजनीतिज्ञ आफूलाई योग्य ठान्छन् तर योग्य छैनन्। कर्मचारी योग्यता बाट आउछन् तर योग्य छैनन्। एउटालाई जनमतको घमण्ड छ र अर्कोलाई योग्यताको। मन्त्रीहरु बाहिर निष्पक्ष कर्मचारीको खोजी गर्छन,भित्र मिल्ने , मिलाउने खालको कर्मचारी मन पराउँछन्। कर्मचारी राजनीति गर्छन् ,स्वार्थ लुकाउँछन् र आवश्यक परेपछि स्वार्थ देखाउँछन् ।

मन्त्रीले राजनीति आँखाबाट कर्मचारी चिन्छन। राजनीतिले कानुन बनाउँछ संसद्मार्फत तर आफूले बनाएको कानुन थाहा पाउँदैनन् मन्त्रीहरु। कानुन लागू गर्दा मन पराउँदैनन्। कर्मचारी कानुन सिरानी राख्छ र राजनीतिलाई अल्मल्याउन माहिर हुन्छ। मन्त्रीहरु सुविधा खोज्दैनन् तर सुविधा नभई बाँच्न सक्दैनन्।

पैसा उठाउने ,बुझाउने ,खुसी तुल्याउने ,भरसक सधैभरि भेटघाट गर्ने कर्मचारीलाई रुचाउँछन्। नतिजाप्रति खासै उत्साह देखिदैन। अधिकांश यस्तै देखिन्छन्। कोहि कतै राम्रा पनि छन ।राम्रा को कदर पनि भएको छ । कर्मचारीहरू पनि निर्णय नगर्ने, भरसक नबोल्ने, छुचो नहुने , आफ्नो हुँने ,भएको कुरो पनि नभन्ने ,मन्त्रीको बोलीमा लोली मिलाउने देखिन्छन्। कर्मचारी राम्रा पनि छन् ।जसले देश नीति बुझेका छन् ।

राजनीतिज्ञहरु पनि राम्रा छन्। देश नीति बुझेका छन्। जसले गर्दा आजको सुशासन चलेको छ ।अधिकांश अवस्था यस्तै छ। देखाउने र चपाउने दाँत कर्मचारी र राजनीतिज्ञ दुवैमा बराबरी देखिन्छ। आज कर्मचारी र राजनीति दुबैबाट जनताको विश्वास गुमेको छ। कर्मचारीकाे जनतालाई विश्वास छैन। किन यस्तो भयो? यो अहम् प्रश्न। राजनीति आदेश दिन खाेज्छन,कर्मचारी काम गर्न रुचाउँदैन।

मन्त्रीहरुमा जनमत छ। योग्यता छैन। योग्यता जनमतलाई मान्छन् राजनीतिक व्यक्तित्व।। तर योग्य छैनन्। कानुनको दायरा था छैन । राजनीति र कर्मचारी दुबै लुकेर सुविधा लिन्छन्। देखेर सुविधा लिन्न भन्छन् ।राज्यको सम्पति दाेहन भाको छ।मन्त्रीहरुमा जनमत छ ज्ञान छैन । कर्मचारीमा शिक्षा छ। काम गर्ने आँट छैन। जाँगर छैन। जोश छैन। नेपालको सन्दर्भमा यो प्रमाणित भइसकेको छ। दरो राजनीति संस्कार र दराे कर्मचारीतन्त्र बिना देश नीति चल्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *