युएइले कामदारको भिसाको अवधि बढाएर ५ वर्ष बनायो

डिसी नेपाल
१ मंसिर २०७८ १३:१२

काठमाडौं। संयुक्त अरब इमिरेट्सले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका विदेशी कामदारहरुको लागि भिसाको अवधि बढाएर ५ वर्ष बनाएको छ । क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसको जानकारी दिएका छन् । शेखले मंगलबार ट्वीट गरेका छन् ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई सुविधा दिनु हो र उनीहरुको टिमको लागि पूरै वर्षभरी, सम्मेलन, बैठक र प्रदर्शनीहरुको लागि दुबइ आउन जान सजिलो बनाउनु हो ।’

युएइले पछिल्ला वर्षहरुमा कैयौं नयाँ भिसा विकल्पहरु सुरु गरेको छ । २०१९ मा १० वर्षीय गोल्डेन भिसा सुरु गरिएको थियो । यस वर्ष ५ वर्षको पर्यटक भिसा सुरु गरिएको छ । जसले युएइमा १.४ मिलियन अमेरिकी डलर सम्पत्तिको रुपमा लगानी गरेका छन् उनीहरुले ५ वर्षको आवासीय भिसा लिन पाउँछन् । यसका लागि सम्पत्तिमा उनीहरुको तीन वर्षको स्वामित्व र यो सम्पत्ति एकमुष्ट किनिएको हुनुपर्नेछ ।

न्यूनतम १ लाख ३६ हजार अमेरिकी डलरको साथमा व्यवसाय गर्ने उद्यामी वा मान्यता प्राप्त बिजनेस इन्क्युबेटरमा सहभागी व्यवसायीले ६ महिनाको भिसा लिन पाउँछन् र यो भिसा पछि ६ महिनासम्मको लागि बढाउन सकिन्छ । माध्यमिक स्कुलमा ९५ प्रतिशत वा ३.७५ जीपीए वा त्योभन्दा माथिल्लो ग्रेड ल्याएका विद्यार्थीले पनि यहाँ ५ वर्षको लागि भिसा लिन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *