डोजर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

डिसी नेपाल
२ मंसिर २०७८ ८:२६

देउखुरी । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज(बिहीबार) बिहान करिब ४ बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो ।

अध्यक्ष ओलीका अनुसार सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *