बाराको श्रीग्यास उद्योग कारबाहीमा

डिसी नेपाल
३ मंसिर २०७८ ९:०८

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको श्रीग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्रीग्यासलाई कारबाही गरेको हो ।

विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ । प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्रीग्यासलाई कारबाही गरेको विभागले जनाएको छ ।

विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *