नेपालको विकास नहुनुका कारणहरु – Dcnepal

नेपालको विकास नहुनुका कारणहरु

अनेकौ आरोह र अवरोहको समाना गरी आज नेपाल यो अवस्थामा आएको छ। आज खोइ हाम्रा पुर्खाहरुले बनाएका अनेकौं धरोहरहरु? खोई बीर अमरसिंह थापा, बीर बलभद्र कुँबर र भक्तिथापाले नालापानीमा अंग्रेजसंग लडी सम्मान पाएको गाथाहरुको सम्परिक्षण ? खोई, वडामहाराजाधिराज पृथ्वीनारायण शाहले सानै उमेरमा राजा भएर पनि गद्दीको परवाह नगरी अथक परिश्रम र बलिदानबाट आज्र्याको मुलुक? आज त्यो देशको खोई गर्ब ?

खोई महानता र स्वधिनता? यही देश आज विदेशीको चङ्गुलमा परि जताततै पराधिन भएको छ। देशको पुरानो रौनक र बत्ति निभेको छ। हामीले जनताले चाहेजति विकासका काम गर्न सकिरहेका छैनौं। यसका धेरै कारणहरु छन्। जसलाई हामीले सच्याएर अघिबढ्नु आवश्यक छ।

यत्रो बर्षपछि पनि नेपालमा हरेक कुरामा अन्धकार छ। सानो सुन्दर आँखा नदेख्नेले पनि खसेको सियो झण्डै भेट्टाउने हाम्रो देश नेपाल अहिले सग्लो आँखाले पनि एकले अर्कालाई नदेख्ने भएको छ। आपसमा मिलाप छैन।

सानो र सुन्दर भइकन पनि आज यो देश सम्पूर्ण मानवीय पक्षले धुलाम्य भएको छ। खोई के भएको हो, यो देशमा? कसको गल्तीले यस्तो भएको हो? यसलाई मूल्याङ्कन गर्न मानिसमा अझै विवेकको जरुरत परेको छ।

साँच्चै भन्ने हो भने आज यो देशको राजनीतिको मूल धार भीर र पाखामा परेको छ। ई. सन् २००६ सालमा हाम्र्रोे देश नेपालले ठूलो राजनीतिक मोड लियो। राजतन्त्रलाई पन्छाउँदै नेपालमा गणतन्त्र त आयो। तर राजनैतिक नेतृत्वको अपरिपक्कता र आदरदर्सिताले गर्दा यति राम्रो र भरपर्दो तन्त्र पनि कुहिएर ढुसी परी २० औं बर्ष पछि पनि यथास्थितिमा रही गन्धपुर भएको छ।

कुनै पक्षको पनि भरपर्दो विकास र सम्मृद्धिको संकेत देखिएको छैन। भएका सारा उद्योग कलकारखाना बेचिएका छन् । सयौं कारखाना र उद्योगहरु माओवादीको जनयुद्धमा र उदार नीतिको बहानामा लुटिए र विस्थापित भए। जनता झन् झन् गरिबी, बेरोजगारी र महंगाईको भूमरीमा च्यापट्टी घुमेजस्तो घुमि चलिरहेको जाँतोमा मासका गेडाहरु पिसिएजस्तै पिसिई रहेका छन्।

राजनीतिमा ठूलो विचलन आएको छ । नैतिकता, अनुशासन, विवेक, बुद्धि, हराएका नेताहरु ५० औं बर्षसम्म पनि यसैमा निरन्तर लागि उराठलाग्दो राजनीतिको कर्मकाण्ड गरी बसेका छन् । त्यस्तै धर्म संस्कृतिको ठूलो विचलन भएको छ । परापूर्वकालदेखि रहीआएको हिन्दुसँस्कार हराई धर्म निरपेक्ष ल्याइएको छ । निर्माण ठप्प छ, उद्योग कलकारखानाहरु सबै नष्ट र विस्तापित भएका छन् । देश कसरी चलेको छ थाहै छैन । विकासका संभावना थुप्रै रहेता पनि चूनौतिहरु झन् झन् चूलिंदै गएकोले देशमा विकास गर्न झन् झन् समस्या बढेको बढ्यै छ ।

ठूलो सामना र अथक परिश्रम गरी प्रजातन्त्रको शिखरमा पुग्न अझै ठूलो कसरत गर्न बाँकी नै छ। त्यो शिखर चुम्न ठूलठूला भरि र उकालोहरु चढ्न बाँकी नै छ। हामीले अनेकौं व्यवस्थाहरु हटाई गणतन्त्र र लोकतन्त्र अंगाले पनि त्यो लोकतन्त्र र गणतन्त्रलाई सम्हाल्ने शक्ति हाम्रो राजनीतिक नेताहरुमा र नेतृत्वकर्तामा पटक्कै देखिँदैन।

किनकी यो व्यवस्था सम्पूर्ण ३ करोड नेपालीहरुको जनभावना वा जनमतबाट ल्याएको होइन। यो विदेशीहरुको इशारामा जबरजस्ती २०/२५ जना नेताहरु मिली अवाञ्छीत सम्झौता गरी पैसाको प्रलोभनमा फसी ल्याएको अतिनै खर्चिलो व्यवस्था हो। जुन नेपालको माटो सुहाँउदो पटक्कै छैन। तसर्थ यही व्यवस्थाबाट नेपालको भावी विकासका खाकाहरु कोरी लक्ष्यमा पुग्न पटक्कै सकिँदैन।

अर्काको व्यवस्थालाई बुझ्दै नबुझी सिरोधार्य गरी आफ्नो माटो, आर्थिक अवस्था, भौगोलिक परिस्थिति र बुहसंख्यक जातजाति भएको यो देशमा यस्तो व्यवस्था सफल हुन झण्डै असम्भव भएको कुरामा कसैको दुईमत नहोला। यो झुठ संसारमा मानिसले सत्य बोल्न, सत्यताको आचरणमा लाग्न कोही पनि सफल भएका छैनन् । सक्दैनन् पनि।
अथक परिश्रम र मिहेनतबाट बनेको २०४७ सालको संविधान आजका सम्पूर्ण नेता भनाउँदाहरुले र ३ करोड नेपालीहरुले उत्कृष्ट संविधान भनेकै हो।

तर त्यो उत्कृष्ठता आज कता गायो कता कुन्नी थाहा छैन । तर यस्को सट्टामा विदेशी खोल ओढेको धर्म निरपेक्ष, लोकतन्त्र, गणतन्त्र र समावेसिताको ढ्याङ्ग्रो ठोकी, विकुल फुकी ल्याएको अस्पष्ट र अपारदर्शीताको २०७२ सालको नयाँ संविधानले नेपालमा झन् एउटा कलहको विजारोपण गरेको छ।

जातीय दंगा फसादको विगविगी भयो। देश झन् अनियन्त्रितको शिकार बन्यो। एक ढिक्का भई बसेको नेपाल अधिराज्यको सम्पूर्ण क्षेत्र हिमाल, पहाड र तराई मधेसको विभक्त हुन पुग्थ्यो। यी तीन क्षेत्रहरुमा बस्ने हामी नेपालीहरु बीच तेरो र मेरोको विचार श्रृजना भई टुक्रा टुक्रा भयो। राजनीतिले कुनै टेको पाउन सकेन । आर्थिक विचलनको पैरो गएको गयै भयो।

व्यवस्था सम्हाल्ने नेताहरुमा कुनै ज्ञान, बुद्धि, विवेक, तालिम र हाँक नभएकोले जनताले जे अपेक्षा राखेका थिए, ती सब पानीमा कुल्चीए सरह भए। जनता अत्तालिएका छन्। व्यस्त छैनन्। झन अस्तव्यस्त छन्। यसरी दुःख पीर र मर्कामा सधैं डुब्ने व्यवस्था( शासन) के जनामूखी हुन सक्छ र ? अवश्य सक्दैन।

वि.सं. २०४७ सालको उत्कृष्ट संविधानलाई ओझेलमा पारी अनेकौं छलकपटबाट त्यही संविधानलाई अभिलेखन गरी २०७२ सालको सालै नतोकीएको अस्पष्ट संविधान जारी भयो र गोल मटोल पनि भयो। फलत :  तराइमा आगो बल्यो । कैयो प्र्रहरी र जनताको ज्यान गयो। जनता आपसमा विभक्त हुन पुगे । संविधानले जनताको पूर्ण सुरक्षा दिन सकेन । तरान्तर बनेका ऐन, कानुन, नीति र निर्णयहरु विफलता तर्फ उन्मूख भए।

अर्थ व्यवस्था धान्न धमाधम अबैज्ञानिक करहरु जनता माथि लादियो। बिचौलियाहरुको विगबीगि भयो। मंहगीले ठाडो उकालो लिंदै गयो । देश निर्माणको लामो पखाईलाई निरासा बढायो। अराजकताले विकराल रुप लियो। राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधिसहरुले आफ्नो अनुकूल अनियमित निर्णय लिँदै गए र त्यसको खिलाफमा जनता, बुद्धिजीवि, वकिलहरुले त्यस्ता व्यक्तिहरुको खिल्ली उठाउने काम भयो।

तमाम राजनीतिक पार्टीमा आवद्ध झोलेहरुले कार्यकर्ताका तमासमात्र हेर्ने भए। अनेक आचार र सद्विचारलाई ओझेलमा पारी हत्या, हिंसा, व्यभिचार, पार्टी र नेताहरुप्रति लम्पसार परी अनेक आर्थिक प्रलोभनमा फसी भीत्रभित्रै कुनै पनि कुराको सुटुक्क संझौता गरी चप्पल पड्काई सडकमा हिडने झोले कार्यकर्ताहरु र नेताहरुले आफ्नो स्वार्थपूर्तिका लागि अकुत धनसम्पत्ति कमाए। तर देश र जनता जहाँको त्यही रह्याे।

बुद्धिजीवि, पढेलेखेका भनाउँदाहरु आआफ्नो तर्क प्रस्तुत गर्दै मिडियामा प्रस्तुत हुन थाले। तर देश र जनता जस्ताको तस्तै रहे । जुन अवस्था हाम्रो २५ बर्ष अगाडी थियो अहिले त्यस्को दुईगुणा तल खस्केको छ । सम्पूर्ण जनताको बल साच्चै भन्ने हो भने निस्तेज बनेको छ ।

संविधानमा लेखिएका कुराहरु सबै नराम्रा छैनन् । तर जति राम्रा कुराहरु छन् त्यो प्रयोगमा किन जनता समक्ष आउन सक्दैन । सब सेटिङ्मा चल्ने यो देशको शासन शैलीले के यसलाई लोकतन्त्र गणतन्त्र भन्न सकिन्छ र ? प्रधानन्यायाधिस र उनका सहायक न्यायाधिसहरुको निर्णयले प्रधानमन्त्रीको नामै तोकेर नियुक्तिको आदेश दिने अधिकार सर्बोच्च अदालतलाई कसले दियो ?

एमाले भई त्यस्को विपरित कांग्रेस पार्टीलाई समर्थन गरी भोट हाल्ने नियती एमालेलाई कस्ले दियो ? के यो लोकतन्त्रको खिल्ली उठाइएको होइन र ? यस्ता उल्टा स्वभाव र प्रबृत्ति भएका नेताहरु नेपालका प्रत्येक पार्टीहरुमा प्रशस्त छन्् । जस्ले देशलाई विकासको मोडमा नलगि खाली राजनीति कुचक्रमा घुमाई घुमाई आफ्नो उमेर पकाई रहेका छन् । के लोकतन्त्रका नेताहरु र पार्टीकार्यकर्ताहरु यस्तै हुन्छन् त ? अवश्य हुनु हुँदैन ।

तसर्थ लोकतन्त्र, गणतन्त्र सम्हाल्न एउटा ठूलो त्याग, लगन, भिजन र ठूलो शक्ति निर्माणको आवश्यकता पर्दछ । तर यो कुनै नेताहरुमा पनि देखा परेन । शासन कुशासन बन्दै गयो । देश झन् झन् अदृष्य कालो खण्डलमा पर्दै गयो ।

यस्तो लोकतन्त्र, गणतन्त्रको व्यवस्था जनताले खोजैकै हैन्न । आज यो लोकतन्त्र गणतन्त्र ठूलो गरिमा रहेको छ । माथी चढ्ने क्षमता कसैमा देखिन्न । ठूलो आँट, लगन र विवेकमा मात्र यसबाट सफलता प्राप्त गर्न सकिन्छ । अन्यथा यो रिभर्स पनि हुन सक्छ । साँपको काँचुलीमा कन्सुत्लो पसे जस्तो अवस्थाको हाँसो लाग्दो व्यवस्था नहोस ।

२० सौं बर्षको प्रयासमा पनि यस्को कुनै सफलताको गुुन्जाइस नदेखिएको हुँदा झण्डै ‘इट ह्याजबीन थ्रोन इनटू डस्बीन’ जस्तैको संकेत देखाको छ । नेपालको विकासमा हरेक मानवीय पक्षहरुमा धेरै ठूलठूला चुनौतिहरु चुलिंदै गएका छन् । शिक्षा पद्धती अलमलिइको छ । अपुष्ट छ । मानवको उत्तरोत्तर उन्नति हुने नैतिक शिक्षाको यहाँ ठूलो खाँचो छ।

अंग्रेजी शिक्षाको दवदवा छ । नेपाली, संस्कृत बोल्न प्राय सबै हिचकिचाउने भएका छन् । जसले गर्दा अंग्रेजी संस्कार र पद्धती झाँगिई नेपाली संस्कार र पद्दतिको लोप हुँदै गएको छ । त्यस्तै आर्थिक अवस्था र पद्धति डामाडोल छ ।

लाखौं नेपालीहरु विदेश गई कमाई गरी नेपालको अर्थतन्त्र धान्नु परेको छ । यो जस्तो विडम्बना अरु के नै हुन सकछ र ? त्यस्तै समाज हत्या, हिंसा, बलात्कार, व्यभिचारमा चुर्लम्म डूवेको छ । सदाचार दिउसैं टुकी बालेर खोज्नु पर्ने बेला आएको छ ।

राजनीतिमा ठूलो विचलन आएको छ । नैतिकता, अनुशासन, विवेक, बुद्धि, हराएका नेताहरु ५० औं बर्षसम्म पनि यसैमा निरन्तर लागि उराठलाग्दो राजनीतिको कर्मकाण्ड गरी बसेका छन् । त्यस्तै धर्म संस्कृतिको ठूलो विचलन भएको छ । परापूर्वकालदेखि रहीआएको हिन्दुसँस्कार हराई धर्म निरपेक्ष ल्याइएको छ ।

निर्माण ठप्प छ, उद्योग कलकारखानाहरु सबै नष्ट र विस्तापित भएका छन् । देश कसरी चलेको छ थाहै छैन । विकासका संभावना थुप्रै रहेता पनि चूनौतिहरु झन् झन् चूलिंदै गएकोले देशमा विकास गर्न झन् झन् समस्या बढेको बढ्यै छ ।

देशको संविधानले तराईलाई राम्रोसँग सम्बोधन गर्न सकेको छैन । बास्तवमा तराई मधेस त नेपालको झन् नाभी हो । यो देश विकासको लागि एउटा प्राण हो र यो देशको एक गर्ब पनि हो । जहाँ बुद्ध र सीताको जन्म भएको थियो । यो भूमि त्यही हो जसलाई हामी ‘ग्रेनरी अफ नेपाल’ पनि भन्दछौं । तर तराईमा बहूसंख्यक ‘इथनिक ग्रुप्स’ जातजातिहरुको बाहुल्यता भकोले तराईलाई व्यवस्थित गर्न र चित्त बुझाउन अत्यन्त चुनौतीपूर्ण रहेको छ ।

यो व्यवस्था मिलाउने काम सुक्ष्म र दूरदर्शी नेताहरुबाट मात्र सम्भव छ । अन्यथा चूनौति कै रुपमा विद्यमान रहने कुरा अवश्यंभावी छ । संविधान बाह्रमासे तरिकाको हुनुहुँदैन। यो चलायमान नै हुनु पर्दछ । जसबाट बारम्बार यस्को क्रमिक विकास भै रहोस ।

संविधानमा संसदहरुलाई ‘रिकल’ र ‘रिजेक्ट’को व्यवस्था, ‘रिफरेन्डम’को व्यवस्था, ‘पब्लिक इन्टरेष्ट बील’ र राष्ट्रपतिको प्रत्यक्ष शासन व्यवस्था छैन । जसबाट चुनावमा बदमासी गरी जानि जानि जनप्रतिनिधिहरुले नराम्रा काम गरे भने त्यसलाई तुरुन्त कारवाही र ‘रिप्लेस’ गर्ने व्यवस्था हुनु पर्दछ ।

तसर्थ संविधानमा धेरै सुधार गर्नु पर्ने अवस्था छ । कसैले राष्ट्र ठग्ने, बेच्ने, घुस खाने, बदनियत काम गरेमा तुरुन्त कारवाही गर्ने व्यवस्था हुनु पर्दछ । चाहे त्यो राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस, प्रधानसेनापति र अन्य संबैधानिक अंगहरुमा रहेका पदाधिकारी र अन्य प्रशासनिक निकायमा बस्ने सानादेखि ठूला कर्मचारीहरु किन नहुन् । यस्ता चूनौतीहरुको सामना नगरे चूनौतिहरु चुनौतिकै रुपमा थुप्रिदै जाने कुरा निशिचत छ जून देश विकासको लागि अत्यन्तै घातक सिद्ध हुन्छ ।

दक्षिण एशियामा नेपाल अफगानिस्तान बाहेक अरु सबै देशहरुभन्दा जेठो र अन्त्यन्त पुरानो देश हो । यस्तो भइकन पनि देशको विभिन्न विकासमूखी आयामका कामहरु अत्यन्त चूनौतिपूर्ण छ । यी चूनौतिहरुलाई व्यवस्थितगर्दै लैजाने हो भने नेपाल आधुनिक मोडमा विकास हुने कुरा निसन्देह छ ।

 

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो