नेपाली विद्यार्थीले अमेरिकाको टेक्सासमा ‘इन्टरनेशनल फुड फेयर’मा प्रथम पुरस्कार जिते

डिसी नेपाल
७ मंसिर २०७८ ११:०८

काठमाडौं। अमेरिकाको टेक्सासमा रहेको युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गरेको ‘इन्टरनेशनल फुड फेयर’मा नेपाली विद्यार्थी संघले पहिलो पुरस्कार जितेको छ । यो पुरस्कार ३ सय डलर राशीको छ ।

विश्वविद्यालयमा विद्यावारिधि तहका विद्यार्थी शंकर पौडेलका अनुसार नेपाली विद्यार्थी संघले चिकेन मःमः शाकाहारी फ्राइड राइस, फ्राइड चिकेन र टमाटरको अचार बनाएका थिए । नोभेम्बर १५ मा भएको यो कार्यक्रममा सबै खानामा नेपाली सांस्कृतिक फ्लेभरहरु राखिएको थियो ।

नेपाली विद्यार्थीहरुले फुट फेयरमा पहिलो स्थान हासिल गरेको यो दोस्रो पटक हो । आयोजकले जारी गरेको आधिकारिक वक्तव्यका अनुसार यसअघि नेपाली विद्यार्थीहरुले २०१९ मा पनि यो प्रतियोगितामा प्रथम पुरस्कार जितेका थिए र यसपटक पनि त्यसलाई निरन्तरता दिएका छन् ।

युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गर्ने इन्टरनेशनल फुड फेस्टिभल हरेक वर्ष आयोजना गरिन्छ । यसमा विश्वका विभिन्न ठाउँहरुबाट आएका विद्यार्थीहरुले आफ्ना राष्ट्रिय र सांस्कृतिक खानाहरु बनाएर सहभागिता जनाउँछन् ।

फुड फेयरमा मुस्लिम स्टुडेन्ट लिगले दोस्रो स्थान हासिल गरेका छन् । यस्तै भुटानी विद्यार्थी संघले तेस्रो पुरस्कार र बुटानी विद्यार्थी संघले नै फ्यान फेभरेट अवार्ड जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *