सुदूरपश्चिमः थप आठमा सङ्क्रमण, एकको मृत्यु

डिसी नेपाल
८ मंसिर २०७८ १८:२१

काठमाडौं।सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६९१ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पीसीआरमार्फत तीन र एन्टीजेन विधिमार्फत पाँच जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र बाजुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन विधिमार्फत कैलाली र कञ्चनपुरका दुई÷दुई र डडेल्धुराका एक जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का २९ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि मङ्गलबार यस प्रदेशमा ११ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाले ज्यान गुइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *