जिल्ला अस्पतालबाट अक्सिजन उत्पादन सुरु, दैनिक ४० बढी सिलिण्डर भर्न सकिने

डिसी नेपाल
९ मंसिर २०७८ १४:२६

जाजरकोट । जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा बढी सिलिण्डर भर्न सकिने छ ।

५० श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जनाइएको छ । भवन निर्माण ७० प्रतिशत पूरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० श्ययाको अस्पताल छ । प्रदेश सरकारका मताहातमा स्वास्थ्य सेवा कार्यालय भए पनि संघीय बजेटमा सो प्लान्ट खरिद गरिएको जनाइएको छ ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफू सधैँ सक्रिय भएको बताए । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *