आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित

डिसी नेपाल
११ मंसिर २०७८ २१:११
28
Shares

काठमाडौं।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा आज सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित भएका छन् । गाउँपालिकाले दुर्गम गाउँमै सर्वसुलभरूपमा उपचार सेवा उपलब्ध गराएको हो ।

शिविरबाट १०५ पुरुष र १२० महिला लाभान्वित भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। ग्यास्ट्रिक, जण्डिस, रक्तअल्पता, दम, खोकी, रक्तचाप, मधुमेह, स्त्रीरोग, नशा र आँखासम्बन्धी समस्या भएका बिरामीको उपचार गरिएको हो । पाखापानी, झिँ, कोटगाउँ, रायखोर, ठाडाखानी र कुइनेखानीका बासिन्दाले सेवा लिएका थिए ।

शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क आयुर्वेद औषधि उपलब्ध गराइएको थियो । आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौँका वरिष्ठ आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बेनीका डा सन्देश अधिकारी, कविराज निरीक्षक दामोदर शर्मा, महेन्द्र राखु आयुर्वेद औषधालयका कविराज निरीक्षक लक्ष्मण शर्मा चालिसे, वैद्य निरीक्षक प्रेमप्रसाद गौतम, वैद्य विनोदकुमार यादव र पाखापानी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बिरामीको उपचार गरेका थिए। ।

गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले विकट क्षेत्रका नागरिकलाई गाउँघरमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आयुर्वेद उपचार पद्दतिप्रति आकर्षण बढाउन शिविर आयोजना गरिएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *