बालाचतुर्दशीको दिन आज पशुपतिनाथ मन्दिरमा जे देखियाे (फोटो फिचर)
काठमाडौं । बालाचतुर्दशी पर्वका दिन आज(शुक्रबार) बिहानैदेखि पशुपतिनाथको मन्दिर परिसरमा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गर्छ ।

आजको दिन प्रायले आफ्नो नजिकको शिवालयमा गएर बालाचर्तुदशी पर्व मनाउने गर्छन् । कतिपय उपत्यकाभित्रका वासिन्दाहरुले आफ्ना नजिकको शिवालयमा रातभर जाग्राम बसेर दीप बालेर बस्ने र बिहान शतबीज छर्न भने पशुपति जाने प्रचलन पनि चलाउन थालेका छन् ।

हरेक वर्ष त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभर जाग्राम बस्दै आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै चतुर्दशीको दिन बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने, होमहोमादी गर्ने प्रचलन रहँदै आएको छ ।
















No ads found for this position

डिसी नेपाल
Facebook Comment